आईएमई पे र ईपीएस कोरिया शाखाबीच सम्झौता

नेपालभ्युज

आईएमई पे र ईपीएस कोरिया शाखाबीच सम्झौता

काठमाडौं। रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ।

सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरूलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरूलाई कोरिया पठाउँदै आएको छ ।

सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरू आईएमई पेबाट भुक्तानी गर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved