दैलेखमा कुटपिटबाट एकजनाको हत्या, दुई जना पक्राउ

दैलेखमा कुटपिटबाट एकजनाको हत्या, दुई जना पक्राउ
सांकेतिक तस्विर

सुर्खेत। दैलेखमा एकजनाको कुटपिटबाट हत्या भएको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको भनभनेका तुलबहादुर सिँह र भुपेन्द्र बुढाको कुटाइबाट ५२ वर्षीय गगनबहादुर कामीको ज्यान गएको हो।

कुटपिटपछि कामी गम्भीर घाइते भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई अस्पताल लगेपनि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी किशोर लम्सालले बताए ।

छिमेकीका श्रीमान श्रीमती झगडा गरिरहेको ठाउँमा गएर सम्झाउन खोज्दा गगनबहादुर माथि ढुंगा र लाठीले प्रहार भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved