भनिन्छ– ‘संसारका सबै महान् शासक वा ठूला तानाशाहलाई कुनै न कुनै चिन्तकले वैचारिक प्रेरणा दिएका हुन्छन्।’
जस्तो कि– अलेक्जेन्डर महान् अरस्तुका विचारबाट प्रभावित मात्र थिएनन्, चेला समेत थिए । ठीक त्यही समयतिर दक्षिण एसियाको मगध साम्राज्यमा ‘मौर्य क्रान्ति’ भएको थियो । मौर्य शासक चन्द्र गुप्तका विचारक तथा गुरु थिए– विष्णु गुप्त चाणक्य, जसलाई कौटिल्य पनि भनिन्छ ।
आधुनिक युरोपको फाँसीवादी विचार दार्शनिक फ्रेडरिख नित्सेको ‘शक्तिको चाहना’ सिद्धान्तबाट प्रभावित थियो भने कम्युनिस्ट आन्दोलन कार्ल मार्क्सबाट । त्यसो त फ्रान्सेली राज्यक्रान्ति रुसो र बेलायती गौरवमय क्रान्ति जोहन लेकका विचारबाट प्रभावित थिए ।
अहिले एक नयाँ चिन्तकको विश्वव्यापी चर्चा भइरहेको छ, ती हुन– अलेक्जेन्डर डुगिन । विशेषतः युक्रेन युद्धपछि डुगिनलाई विश्व सञ्चारमाध्यमले रुसी राष्ट्रपति ब्लादमिर पुटिनका ‘वैचारिक ब्रेन’ भन्न थालेका छन् । आलोचकले डुगिनका विचारलाई ‘नवफाँसिवादी’ भन्दछन् ।
युरोपेली राष्ट्रवादको जगमा भने हिगेलको ‘परम शक्तिको सिद्धान्त’ थियो, जसल जर्मनी विलियम र फ्रान्समा बोनापार्टजस्ता शासकलाई प्रेरित गर्यो । हिटलरका वैचारिक स्रोत तथा प्रेरणा थिए– आफ्नो समयका महान् दार्शनिक मार्टिन हाइडेगर ।
ठीक त्यसैगरी अहिले एक नयाँ चिन्तकको विश्वव्यापी चर्चा भइरहेको छ, ती हुन– अलेक्जेन्डर डुगिन । विशेषतः युक्रेन युद्धपछि डुगिनलाई विश्व सञ्चारमाध्यमले रुसी राष्ट्रपति ब्लादमिर पुटिनका ‘वैचारिक ब्रेन’ भन्न थालेका छन् । आलोचकले डुगिनका विचारलाई ‘नवफाँसिवादी’ भन्दछन् ।
रुसी आक्रमणअघि नै डुगिनले युक्रेनी युवाको एक त्यस्तो गोप्य र सशस्त्र संगठन बनाएका थिए, जसको घोषित उद्देश्य षड्यन्त्रमूलक ढंगले किभको सत्ता पल्टाउनु थियो ।
यो सूचना सार्वजनिक भएपछि युक्रेनी सरकारले डुगिनलाई युक्रेन भ्रमणमा प्रतिबन्ध लगाएको थियो । अन्यथा उनी युक्रेनका विभिन्न गाउँबस्तीमा डुल्ने र किभको पतनका लागि आह्वान गर्ने गर्दथे ।
भनिन्छ– राष्ट्रपति पुटिन र डुगिनबीच कुनै व्यक्तिगत चिनचान र भेटभाट छैन । अलेक्जेन्डर डुगिन क्रेमलिन जाँदैनन्, कुनै सरकारी पदमा पनि छैनन् । तर, पुटिनका भाषणमा डुगिनका तर्क प्रणालीको गहिरो प्रभाव हुन्छ । भनिन्छ– ‘पुटिन डुगिनका लेख नियमित पढ्छन् । पुटिनका भाषणमा प्रयोग हुने वाक्य डुगिनका लेखबाट उठाएर पुनर्लेखन गरिएका जस्ता हुन्छन् ।’
सन् २०१४ मा क्रिमिया मात्र गाभेर रुसी सेना फर्किपछि डुगिनले पुटिनको चर्को आलोचनासमेत गरेका थिए । उनको भनाइ थियो–पुटिनलाई क्रिमिया मात्र जितेर फर्किने अधिकार छैन । रुसी सेनाले युक्रेनमाथि अविलम्ब आक्रमण गर्नुपर्दछ
सन् २०१४ मा क्रिमिया मात्र गाभेर रुसी सेना फर्किपछि डुगिनले पुटिनको चर्को आलोचनासमेत गरेका थिए । उनको भनाइ थियो– ‘पुटिनलाई क्रिमिया मात्र जितेर फर्किने अधिकार छैन । रुसी सेनाले युक्रेनमाथि अविलम्ब आक्रमण गर्नुपर्दछ, यदि पुटिन डराएका हुन्, उनको मनमा काँतरता छ भने उनी रुसीहरूका शासक हुन योग्य छैनन् भन्ने अर्थ लाग्दछ ।’
डुगिनको यो कडा प्रतिक्रियापछि क्रेमलिनले उनका विचारलाई झनै महत्वका साथ लिन थालेको थियो । युक्रेनमा रुसी सेनाको आक्रमणपछि भने दार्शनिक भाषामा उनले पुटिनको प्रसंशा गर्दै भनेका थिए–‘पुटिनको बाटोमा कोही तगारो हुन सक्दैन, पुटिन सर्वव्याप्त छन् । पुटिन सर्वशक्ति हुन् । पुटिन सर्वज्ञ हुन् । पुटिन एक व्यक्ति हैनन्, रुसी आत्मा, एक महान् साम्राज्यको मर्म र भावना हुन् ।’
अलेक्जेन्डर डुगिनको जन्म सन् १९६२ मा मस्कोमा भएको थियो । उनी सोभियत संघकालीन एक सैनिक जर्नेलका छोरा थिए । सन् १९८० को दशकमा स्कुले जीवनबाटै उनी कम्युनिस्ट विचार र शासनको विरोधी हुँदै गए । एक कम्युनिस्ट सैनिक परिवारमा जन्मिएका डुगिनमा किन कम्युनिस्ट विरोधी भावना बलियो हुँदै गयो भन्ने कुरा धेरैलाई आश्चर्य लाग्ने खालको छ ।
भनिन्छ– उनी पढाइमा एदकमै कमजोर थिए । उनी मनमा अनेक तर्क खेलाएर बस्थे, स्कुलको औपचारिक पढाइमा उनलाई बिल्कुलै रुचि थिएन । औसत उनी फेल हुन्थे, पास हुँदा पनि थोरै नम्बरको प्रमाणपत्र पाउँथे । तसर्थ, त्यतिखेरको सोभियत प्रशासनले उनलाई कुनै राम्रो काम दिँदैनथ्यो । उनले युवा उमेरमा सडकमा कुचो लगाउनुपर्ने काम पाएका थिए ।
यो काम उनलाई मन पर्दैनथ्यो । उनी सरकारी उद्योगको सुपरभाइजर हुन चाहन्थे । तर, पाएनन् । तसर्थ उनले काम छोडेर युवाको क्लब बनाउँदै अनेक विचार मन्थन गर्ने गराउनेतिर रुचि देखाए । बलियो पारिवारिक पृष्ठभूमिको कारण कम्युनिस्ट शासनको अन्त्य र सोभियत संघको पतन नहुन्जेलसम्म उनले कुनै अप्ठ्यारो सामना गर्नुपरेन ।
कम्युनिस्ट शासनको पतन र सोभियत संघको विघटनपछि सन् १९९१ मा उनी बोल्शेभिक राष्ट्रवादी पार्टीमा लागे । तर, यसमा धेरै दिन टिक्न सकेनन् । सन् १९९७ मा उनको सर्वाधिक चर्चित किताब– ‘भूराजनीतिका आधारहरू’ छापियो । यो किताबमा उनले केही नयाँ विचार अघि सारे, जसले उनलाई एक राजनीतिक चिन्तक र वैचारिक व्यक्तित्वका रूपमा स्थापित गर्यो ।
सन् २००२ मा डुगिनले आफ्नै नेतृत्वमा ‘युरेसियन पार्टी’ बनाए, तर त्यो पार्टी त्यति बलियो हुन सकेन । डुगिनको पार्टीको सिद्धान्तलाई ‘चौथो राजनीतिक सिद्धान्त’ भनिन्छ, सन् २००९ मा उनको ‘द फोर्थ पोलिटिकल थ्योरी’ नामको किताब नै छापिएको छ ।
उनको मुख्य विचार–‘एटलान्टिसिज्म’ भर्सेस ‘युरोसियानिज्म’ थियो । अर्थात् अमेरिका र नेटोलाई ‘प्रशान्त महासागरिय शक्ति’ भनेका थिए । रुसले ‘युरेशियन शक्ति’ को नेतृत्व गर्नु पर्ने उनको तर्क थियो । अर्थात् त्यो बेला ‘गैरकम्युनिस्ट सोभियत संघ’ वा ‘मौलिक रुसी साम्राज्य’ को अवधारणा अघि सारेका थिए, जतिखेर सोभियत संघ विघटन भएको १ दशक पनि भएको थिएन ।
सन् २००२ मा डुगिनले आफ्नै नेतृत्वमा ‘युरेसियन पार्टी’ बनाए, तर त्यो पार्टी त्यति बलियो हुन सकेन । डुगिनको पार्टीको सिद्धान्तलाई ‘चौथो राजनीतिक सिद्धान्त’ भनिन्छ, सन् २००९ मा उनको ‘द फोर्थ पोलिटिकल थ्योरी’ नामको किताब नै छापिएको छ ।
डुगिनले यो किताबमा उदारवाद, साम्यवाद र फाँसीवादको खण्डन र आलोचना गरेका छन् । उनको तर्क छ– उदारवादको सार व्यक्तिवाद हो, साम्यवादको सार वर्ग–संघर्ष हो, फाँसीवादको सार राष्ट्रको श्रेष्ठता हो, तर, कुनै पनि समाजको सार व्यक्ति, वर्ग र राष्ट्र हैन, स्वयं समाजको अस्तित्व हो ।
उनी आफ्नो राजनीतिक सिद्धान्तलाई ‘समयमुक्त गैरआधुनिक मान्दछन् । उनको विचारमा सिद्धान्तको कुनै समय हुँदैन, त्यसको कुनै आधुनिकता वा प्राचीनता पनि हुँदैन । विचारको अस्तित्व हुन्छ, त्यो सर्वव्याप्त र सर्वकालीक हुन्छ ।
डुगिन युरेसिसन क्षेत्रमा मस्कोको प्रभुत्व कुनै आक्रमण नभएर आवश्यकता भएको ठान्दछन् । उनको विचारमा प्रशान्त सागरीय शक्तिको नेतत्व अमेरिकाले गर्दछ, युरेसियन शक्तिको नेतृत्व मस्कोले गर्नुपर्दछ । यी दुई शक्ति नै विश्वका दुई महाशक्ति हुन् । यिनीहरू बीचको सभ्यता र संस्कृतिको संघर्ष नै विश्वको शक्ति सन्तुलन र गतिको आधार हो ।
उनको विचारमा रुस र युरेसियन क्षेत्रको आफ्नै विचार र संस्कृति छ, त्यो पश्चिमा उदार लोकतन्त्रको ढाँचामा ढालिन सक्ने समाज हैन । हरेक समाजको एक भौगोलिक क्षेत्र र साँस्कृतिक आत्मा हुन्छ। त्यही नै त्यसको अस्तित्वको आधार हो । यदि उदार लोकतन्त्रको प्रणाली अपनाउने हो भने रुस र युरेसियन क्षेत्रभिन्नै शक्ति बन्न सक्दैनन् ।
युक्रेनमा मात्र हैन, डुगिनमाथि सन् २०१४ पछि अमेरिकाले समेत भ्रमण प्रतिबद्ध लगाएको थियो । डुगिनको चर्चा त्यतिखेर रुसी समाजमा झनै व्याप्त भयो जब सन् २०२२ अगष्ट २० मा उनकी छोरी दारिया अलेक्जेन्ड्रोभा एक कार बम आक्रमणमा मारिइन । यो आक्रमण डुगिनलाई लक्षित गरि युक्रेनी तथा सीआईएका एजेन्टले गराएका त थिएनन् भन्ने आशंका छ ।
सञ्चारमाध्यम भन्छन् कि राष्ट्रपति पुटिन विचारक डुगिनप्रति गहिरो लगाव र सदभाव राख्दछन् । छोरी दारियाको दुर्घटनाको खबरले पुटिन दु:खी भएका थिए । तर, पुटिन र डुगिनबीच आजसम्म कुनै औपचारिक भेटघाट भने भएको छैन ।
डुगिनकी छोरी दारिया आफै एक युवा पत्रकार थिइन । उनी २९ वर्षकी मात्र थिएन । त्यो दिन पिता-पुत्री एउटै कारमा थिए । उनीहरू मस्को बाहिरको एक कार्यक्रम सकेर फर्किन लागेका थिए । खै किन हो– अन्तिम क्षणमा डुगिन भने एक साथीको कारमा चढेका थिए । छोरी डुगिना आफ्नो कारमा एक्लै थिइन् । यात्रा सुरु गरेको केही बेरपछि मस्को हाइवेमै उनको कारमा बम विष्फोट भएको थियो । डुगिन यसरी संयोगले बाँचेका थिए ।
यो घटनापछि डुगिनलाई झनै धेरै महत्त्व दिन थाल्यो । उनका विचार झन् धेरै मात्रामा पढिन थाले । सञ्चारमाध्यम भन्छन् कि राष्ट्रपति पुटिन विचारक डुगिनप्रति गहिरो लगाव र सदभाव राख्दछन् । छोरी दारियाको दुर्घटनाको खबरले पुटिन दु:खी भएका थिए । तर, पुटिन र डुगिनबीच आजसम्म कुनै औपचारिक भेटघाट भने भएको छैन ।
Facebook Comment
Comment