सेयर बजारमा १४.४१ अंकको वृद्धि

नेपालभ्युज

सेयर बजारमा १४.४१ अंकको वृद्धि

काठमाडौं। केही दिनयता लगातार घटिरहेको सेयर बजार मंगलबार भने बढेको छ । आज १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ ।

मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार उत्पादन तथा प्रशोधन र म्युचअल फन्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए । सबैभन्दा धेरै जलविद्युत् (१.६७ प्रतिशत) का लगानीकर्ताले कमाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved