होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री

नेपालभ्युज

होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उनले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गरे । उनले भने, “हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ ।

आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्–झन् बलियो एकताका आधारमा बाँधिरहेको छ ।”

पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।

प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्नसकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उनको भनाइ थियो ।

रङ्गहरुको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेषगरी नेपाल र भारतमा यो पर्व धुमधामका साथ मनाइन्छ ।

पर्यटनमन्त्रीले युवाहरूमा होली पर्व अति नै लोकप्रिय हुँदै गइरहेको भन्दै यो पर्वको प्रवर्द्धनमा जुट्न पनि आग्रह गरे । उनले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रुपमा मनाउन पनि आग्रह गरे ।

होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगरलगायत कलाकारको साङ्गीतिक प्रस्तुतिले उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved