प्रेमीसँग आज विवाह गर्दै लोकगायिका भूमिका गिरी

चर्चित लोकगायिका भूमिका गिरी आज सल्यानका हिजन विष्टसँग विवाह बन्धनमा बाँधिने भएकी छन्। केही समयदेखिको प्रेम सम्बन्धलाई रहेका उनीहरू दाम्पत्य जीवनमा बाँधिन लागेका हुन्।

नेपालभ्युज

प्रेमीसँग आज विवाह गर्दै लोकगायिका भूमिका गिरी

काठमाडौं। चर्चित लोकगायिका भूमिका गिरी आज सल्यानका हिजन विष्टसँग विवाह बन्धनमा बाँधिने भएकी छन्। केही समयदेखिको प्रेम सम्बन्धलाई रहेका उनीहरू दाम्पत्य जीवनमा बाँधिन लागेका हुन्।

आज सोमबार सल्यानमा विवाह आयोजना गरिएको छ। आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गर्न लागेका हुन्। भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन्।

पार्टीको तस्वीर सार्वजनिक गरेपछि गायिका गिरीलाई सामाजिक सञ्जालबाट फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन्। गायक प्रकाश दूतराजसँग उनले सहकार्य गरेका गीतहरु ‘देउरालीमा’, ‘चोली मैलै भो’लगायत रुचाइएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved