वारागुङ मुक्ति क्षेत्रको प्रस्टोक्ति-‘फल्याक’ गाउँ निषेधित र खम्पा विद्रोहीको क्षेत्र होइन

जोमसोम–मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा पर्ने फल्याक गाउँ निषेधित र खम्पा विद्रोहीहरूको क्षेत्र नभएको जनाइएको छ।

नेपालभ्युज

वारागुङ मुक्ति क्षेत्रको प्रस्टोक्ति-‘फल्याक’ गाउँ निषेधित र खम्पा विद्रोहीको क्षेत्र होइन

काठमाडौं। जोमसोम–मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा पर्ने फल्याक गाउँ निषेधित र खम्पा विद्रोहीहरूको क्षेत्र नभएको जनाइएको छ। विभिन्न समाचार माध्यममा ‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ भन्दै समाचार प्रकाशित भएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकाले उक्त समाचारप्रति खण्डन गरेको हो।

समाचारमा तिब्बती खम्पाहरूले चार दशक अघि चीन सरकार विरुद्ध विद्रोह गरेका कारण मुस्ताङको फल्याक गाउँ संवेदनशील क्षेत्र मानिन्छ भनी उल्लेख गरिएकोप्रति गाउँपालिकाकाले त्यसो नभएको बताएको छ।

वारागुङ मुक्तिक्षेत्रले आफ्नो आधिकारिक लेटर प्याडमा पालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङद्वारा हस्ताक्षरित खण्डन पत्र उक्त पत्रिकाको कार्यालय र जिल्ला स्थित सुरक्षा निकायहरूलाई बोधार्थ जनाएर समाचार प्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। ध्यानाकर्षण पत्रमा चार दशक अघि तिब्बती खम्पाहरूले चीन विरुद्ध विद्रोह गरेको क्षेत्र नभएको स्पष्ट पारेको छ।

‘मुस्ताङ साक्या बौद्ध संघ’ले भन्यो – उच्च शिक्षाको लागि भारत जान बाध्य भएपछि गाउँमै कलेज

यस्तै प्रकाशित समाचारमा उल्लेख गरिएको जस्तो नेपाल सरकारले २०२८ सालमा मुस्ताङको विभिन्न ठाउँहरू घोषणा गरेकोमा वारागुङ मुक्ति क्षेत्रको साङ्ता गाउँ निषेधित तथा नियमन्त्रित क्षेत्रमा पर्ने भएपनि फल्याक गाउँ निषेधित तथा नियन्त्रित क्षेत्र भित्र नपर्ने स्पष्ट पारेको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रकाशित समाचार यथार्थभन्दा पृथक रहेको जनाउँदै उक्त पत्रिकालाई पुन सम्पादन गरी समाचार प्रकाशित गरिदिन समेत अनुरोध गरेको छ।

नेपाल सरकारले मुस्ताङको कागबेनीदेखि उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ। उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकलाई अध्यागमन विभागमा १० दिनको प्रवेश अनुमति स्वरूप ५ सय डलर रोयल्टी बुझाउनु पर्नेहुन्छ।

विदेशीको खेलमैदान बनाउन मुस्ताङमा कलेज खोल्न खोजियो : अध्यक्ष ओली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved