‘मुस्ताङ साक्या बौद्ध संघ’ले भन्यो-उच्च शिक्षाको लागि भारत जान बाध्य भएपछि गाउँमै कलेज

विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएको समाचारको ‘मुस्ताङ साक्या बौद्ध संघ’ले खण्डन गरेको छ।

नेपालभ्युज

‘मुस्ताङ साक्या बौद्ध संघ’ले भन्यो-उच्च शिक्षाको लागि भारत जान बाध्य भएपछि गाउँमै कलेज

काठमाडौं। विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएको समाचारको ‘मुस्ताङ साक्या बौद्ध संघ’ले खण्डन गरेको छ।

मुस्ताङमा स्थापना भएको बौद्ध कलेजको भवन निर्माण कार्यका लागि भारतीय राजदूतावासबाट सहयोग रकम प्राप्त भएको विषयलाई लिएर प्रकाशित समाचार कपोकल्पित, भ्रामक र तथ्यहीन भएको ‘मुस्ताङ साक्या बौद्ध संघ’को भनाई छ ।

विज्ञप्ति प्रकाशन गर्दै ‘मुस्ताङ साक्या बौद्ध संघ’ले औपचारिक र धार्मिक शिक्षा प्रदान गरेपश्चात् उच्च धार्मिक शिक्षा र बौद्ध दर्शन अध्ययन गर्न भिक्षु र भिक्षुणी काठमाडौं र भारतमा जान बाध्य भएको भन्दै मुस्ताङमै कलेज खोल्न लागिएको जनाएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार यसै विषयमा दिएको अभिव्यक्तिको समेत ‘संघ’ले खण्डन गरेको छ। ओलीको टिप्पणीले जनमानसमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ।

ओलीले शनिबार स्थानीय तह कर्मचारी संघ, नेपालले एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजना गरेको कार्यक्रममा  ‘‘उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको’’ टिप्पणी गरेका थिए। ‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कलेज) भनेको विदेशीको दलाली र मित्रराष्ट्र चीनविरुद्धको गद्दारी भएको ओलीको टिप्पणी थियो ।

बैद्धसम्बन्धि उच्च शिक्षा हासिलको लागि सर्वसुलभ र पहुँचमा कलेज नभएको, वारागुङ मुक्तिक्षेत्र –४, कागवेनीस्थित होटेल अन्नपूर्णको भवन ३ वर्षका लागि भाडामा लिई बौद्ध कलेज स्थापना र सञ्चालन गरिएको संघका अध्यक्ष खेन्पो तेन्जिङ साङ्वोले बताएका छन् ।

वारागुङ मुक्ति क्षेत्रको प्रस्टोक्ति – ‘फल्याक’ गाउँ निषेधित र खम्पा विद्रोहीको क्षेत्र होइन

अहिले कलेजको भवन निर्माणस्थल वारागुङ मुक्तिक्षेत्र –५ फल्याक गाउँ नेपालको प्रतिबन्धित क्षेत्र नरहेको पनि संघले जनाएको छ ।

अध्यक्ष खेन्पो तेन्जिङ साङ्वोले विज्ञप्तिमा लेखेका छन्, ‘‘उक्त कलेजको आफ्नै भवन निर्माणका लागि बौद्ध संघसँग न त जग्गा थियो न त आर्थिक अवस्था नै। विभिन्न दानदाताको खोजी गरी धेरैसँग सहयोगको याचना गरियो।

भारतीय राजदूतावासमा पनि सहयोगका लागि प्रस्तावना पठाइयो। सोही प्रस्तावअनुसार भारतीय राजदूतावासले आर्थिक सहयोग गर्न तयार रहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ। समाचारमा उल्लेखित गरिएजस्तो भवन निर्माण स्थल वारागुङ मुक्तिक्षेत्र –५ फल्याक गाउँ नेपालको प्रतिबन्धित क्षेत्र नरहेको र स्थानीय ४–५ जना शिक्षाप्रेमी र धर्मानुरागीहरूबाट व्यक्तिगत जग्गा स्वैच्छिक रूपमा दान प्राप्त गरिएको हो।

कलेज कुनै पनि विदेशी विद्यार्थीको अध्ययनलाई लक्षित नगरी मुस्ताङ क्षेत्र र नेपालको जुनसुकै स्थानबाट बौद्ध दर्शन अध्ययन गर्न इच्छुक बौद्ध भिक्षु र भिक्षुणी विद्यार्थीहरूका लागि लक्षित रहेको छ । नेकपा एमालेका अध्यक्ष वरिष्ठ नेता केपी शर्मा ओलीज्यूको सम्बोधनका क्रममा अभिव्यक्त टिप्पणी अनुसार यो परियोजना कुनै विश्वविद्यालय स्थापना नभई दुई वर्ष पहिले नै स्थापित मुस्ताङ बौद्ध कलेजको लागि भवन निर्माण कार्यका लागि मात्र केन्द्रित रहेको र यस परियोजनामा भारत सरकारको कुनै पनि कूटनैतिक र रणनीतिक स्वार्थ निहित नरहेको कुरा मुस्ताङ साक्या बौद्ध संघ स्पष्ट पार्न चाहन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved