मुख्यमन्त्रीको सम्पत्ति विवरणमा वार्षिक १५ लाखको ‘ड्रागन फ्रुट’

नेपालभ्युज

मुख्यमन्त्रीको सम्पत्ति विवरणमा वार्षिक १५ लाखको ‘ड्रागन फ्रुट’

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको सम्पत्ति विवरणमा नगद र जिन्सीबाहेक ‘ड्रागनफ्रुट’ खेती पनि छ।

मुख्यमन्त्री शर्माको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइटमा राखिएको छ। जहाँ उनले लमही नगरपालिका–१ दाङमा कृषि तथा पशुधनमा अन्दाजी तीस लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको देखाएका छन्।

उक्त खेतीबाट वार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ। मुख्यमन्त्री शर्माले अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका १ मा ३ हजार ५ सय ७२ दशमलव ९१ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन्।

उक्त जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ। यस्तै, रुकुमको चौरजहारी नगरपालिका–१४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१ सय २० वर्ग मिटर जग्गा आफ्नो नाममा रहेको उल्लेख गरेका छन्।

यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ। यस्तै, मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र अन्दाजी दुई तोला सुन श्रीमतीको माइतीबाट प्राप्त भएको उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved