नेप्सेमा ३०.७७ अंकले गिरावट, कारोबार रकम पनि खुम्चियो

नेपालभ्युज

काठमाडौं। आइतबार सेयर बजारमा ३०.७७ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन बजार १९३८.२५ बिन्दुमा झरेको हो । आज कारोबार रकमसमेत खुम्चिएको छ ।

२५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै उपसूचक ओरोलो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आयो ।

आइतबार सबैभन्दा धेरै सुपरमादी हाइड्रोको मूल्य बढ्यो । सुपरमादीको पहिलो कारोबार दिन थियो ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्तसहितका कम्पनीको सेयर मूल्य समेत धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved