सन २०२८ सम्म पहिलो ‘स्पेस बेबी’ जन्मिने सम्भावना

आशा गरौं केही वर्षमा अन्तरिक्षमा बच्चा जन्मिन थाल्नेछन् र भविष्यमा मानवले अर्को ग्रहमा गएर कोलोनी निर्माण गर्न सक्नेछन् ।

नेपालभ्युज

सन २०२८ सम्म पहिलो ‘स्पेस बेबी’ जन्मिने सम्भावना

एजेन्सी । मानिस पहिलोपटक अन्तरिक्षमा सन् १९६१ मा गएका थिए । त्यसपछि सबैको मनमा एउटा विचार छ, के अन्तरिक्षमा बच्चा जन्माउन सकिन्छ ?

संसारभरका वैज्ञानिकले ६२ वर्ष पछि पनि यो गाँठोलाई सुल्झाउन सकेका छैनन् । तर ब्रिटेन र नेदरल्याण्डका वैज्ञानिकले छिटै यस प्रश्नको जवाफ दिन सक्छन् ।

IVF ट्रिटमेन्टबाट जन्मिनेछन् बच्चा

INEWS को एक रिपोर्टअनुसार, ब्रिटिश वैज्ञानिकले डच कम्पनी स्पेसबर्न युनाइटेडसँग मिलेर असिस्टेड रिप्रोडक्शन टेक्नोलोजी इन स्पेस (ARTIS) मोडल तयार गरिरहेका छन् ।

यसअनुसार अन्तरिक्षमा एउटा बायो स्याटेलाइट पठाइनेछ । जसभित्र इन–विट्रो फर्टिलाइजेशन (IVF) माध्यमबाट भ्रुणको जन्म हुनेछ । जसलाई पृथ्वीमा ल्याइनेछ र महिलाको गर्भमा ट्रान्सफर गरिनेछ । धर्तीमा जन्म लिने यस्तो बच्चालाई ‘स्पेस बेबिज’ भनिनेछ ।

स्पेसबर्नका संस्थापक डाक्टर एगबर्ट एडेलब्रोएकले भनेका छन्, ‘यस प्रोजेक्टको अन्तिम उदेश्य पृथ्वी बाहिर प्राकृतिक तरिकाले बच्चा जन्माउनु हो । तर यस अघि हामीले उक्त टेक्नोलोजीलाई स्पेसमा परिक्षण गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र अन्तरिक्षमा सेक्स, प्रेग्नेंसी र डेलिभरीका बारेमा फोकस गर्नुपर्ने हुन्छ ।’

पहिला मुसामा परिक्षण हुने

यस प्रोजेक्टलाई सबैभन्दा पहिला मुसामा परिक्षण गरिनेछ । उनीहरुको स्पर्म र अन्डालाई अन्तरिक्षमा फर्टिलाइज गरिनेछ । यस परिक्षणका लागि पहिलो उडान अप्रिलमा क्यानाडाबाट रवाना हुनेछ ।

अध्ययनअनुसार, बायो स्याटलाइट १८ देखि २४ महिनामा बनेर तयार हुनेछ । स्पेसबर्नलाई एसगार्डिया कम्पनीको सहयोग छ । यो कम्पनी २०१६ मा बनाइएको थियो ।

यसको उद्देश्य अन्तरिक्षमा दुनियाँको पहिलो वस्ती बसाउने रहेको छ । कम्पनीको दाबी छ, यस वस्तीका लागि अहिले नै १० लाख भन्दा धेरै व्यक्तिले दर्ता गराइसकेका छन् ।

आउँदो ५ वर्षमा मानिसमा प्रयोग

डा.एडेलब्रोएकका अनुसार आउँदो ५ वर्षमा मानव कोषिकासँग बायो स्याटलाइटलाई अन्तरिक्षमा पठाउन सकिन्छ । साथै अन्तरिक्षमा मानव बच्चाको जन्म २०३१ सम्म हुन सक्छ । हाल यो पृथ्वीको तल्लो भागमा नै सम्भव हुनेछ । साथै यसका लागि प्रविधि र मानिसको चयन एकदमै सोंचेर गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि गर्भवती हुने महिला र मेडिकल स्टाफ एकदमै सोंचेर छान्नुपर्ने हुन्छ । जो महिलामा यो परिक्षण हुनेछ, उनीहरुले कम्तीमा दुईवटा सफल डेलिभरीको अनुभव भएको हुनुपर्नेछ । साथै उनीहरुको शरीरमा हाई रेडिएशनलाई सहन गर्ने शक्ति पनि हुनुपर्ने हुन्छ ।

एकसाथ ३० महिला हुनेछन् गर्भवती 

डाक्टर एडेलब्रोएकका अनुसार, अन्तरिक्षमा बच्चा जन्माउने प्रक्रियाको योजना एकदमै गाह्रो हुनेछ । यसमा तापक्रम, मौसम तथा रकेट लंचिंगमा आउने समस्याबरे ध्यान दिनुपर्ने हुन्छ । केवल एक महिलामा परिक्षण गर्न सकिँदैन । एकैसाथ लगभग ३० महिलालाई गर्भवती बनाइनेछ ।

अध्ययनकर्ताको भनाई अनुसार मुसा र मानवका सेल्समा हुने परिक्षणले नै अन्तरिक्षमा डेलिभरी सुरक्षाको अवस्था थाहा हुनेछ । आशा गरौं केही वर्षमा अन्तरिक्षमा बच्चा जन्मिन थाल्नेछन् र भविष्यमा मानवले अर्को ग्रहमा गएर कोलोनी निर्माण गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved