अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

नेपालभ्युज

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो
फाइ्ल तश्वीर

काठमाडौं। सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो। अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो।

माथिबाट झरेको ढुङ्गा माटा डुम्रे बेँसीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार बेँसीसरहबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved