‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन दमकमा

नेपालभ्युज

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन दमकमा

काठमाडौं। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्न शहरहरूमा भइरहेको छ ।

यसै क्रममो दमक अडिसन यहि फागुन २० र २१ गते इँट्टाभट्टास्थित श्री सरस्वती मध्यमिक विद्यालयमा र काठमाडौं अडिसन फागुन २७ र २८ गते ग्यानेश्वर स्थित ग्यालेक्सि पब्लिक स्कुलमा आयोजना हुँदैछ ।

अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नुहुन्छ ।

डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउनुपर्नेछ । त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ ।

डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ ।

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मन्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मन्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ ।

यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । ‘डान्स युनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

साथै, फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशहरूबाट पनि नेपाली भाषीहरूको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved