सेयर बजारमा २६ अंकको गिरावट, १ अर्ब ३४ करोडको कारोबार

नेपालभ्युज

काठमाडौं। बिहीबार सेयर बजारमा २६ अंकको गिरावट आएको छ ।  बजार परिसूचक नेप्से २६.४८ अंकले गिरावट हुँदा १९६९.०१ अंकमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ ।

लघुवित्त उपसूचक सर्वाधिक २.६४ प्रतिशतले गिरावट भएको छ भने व्यापार उपसूचक पनि २.३२ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved