सेयर मार्केटमा पैसा कमाउन नगर्नुस यस्ता गल्ती

नेपालभ्युज

सेयर मार्केटमा पैसा कमाउन नगर्नुस यस्ता गल्ती

एजेन्सी । पैसा कमाउने इच्छा सबैलाई हुन्छ । पैसा कमाउने चाहना भए पनि यसमा हतार भने कहिल्यै गर्नुहुँदैन ।

कतिपय मानिस पैसा कमाउने हतारमा केही नबुझि सेयर मार्केटमा पैसा लगानी गर्छन् । फलस्वरुप पैसा डुब्छ र सडकमा आउँछन् । यस्तो गल्तीले जीवनभर पछुताउनुपर्ने पनि हुन सक्छ ।

त्यसैले सेयर मार्केटमा लगानी गर्दै हुनुहुन्छ भने यस्ता गल्ती कहिल्यै नगर्नुहोस् ।

  • सेयर मार्केटमा लगानी गर्नका लागि सही अध्ययन गर्न एकदमै आवश्यक छ । बिना कुनै अध्ययन लहलहैमा लागेर कहिल्यै लगानी गर्नु हुँदैन ।
  • पेन्नी स्टकमा लगानी गर्नु एकदमै जोखिमपूर्ण हुन्छ, त्यसैले यसबाट बच्नुहोस् ।
  • प्रायः मानिसहरु अत्यधिक लाभ पाउने लोभले हतारमा लगानी गर्छन्, जसले गर्दा भविश्यमा पछुताउनुपर्ने हुन्छ ।
  • जो कसैले पनि सल्लाह दिँदैमा लगानी गर्नु हुँदैन । सल्लाहसँगै आफूले पूर्ण रुपमा यसबारेमा अध्ययन गरेर मात्र लगानी गर्दा फल प्राप्त हुन्छ ।
  • कुनै पनि क्षेत्रमा पैसा लगानी गर्दा चिट्ठा खेलेर जितेको जसरी पैसा हातमा आउँदैन । त्यसैले सेयर मार्केटमा आउने उतारचढावको पनि राम्रोसँग अध्ययन गर्नुपर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved