ढुङ्गाले थिचेर तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ

नेपालभ्युज

ढुङ्गाले थिचेर तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं। आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्। बागलुङमा घटेको यो घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको हो।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved