नामाकरण गरेपछि कोशी प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश १ को नाम कोशी राखिएको खुसीयालीमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

नेपालभ्युज

नामाकरण गरेपछि कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर। प्रदेश १ को नाम कोशी राखिएको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। मन्त्रिपरिषद्को बैठकले आज बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ।

मन्त्रिपरिषद् बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved