प्रदेश १ को नाम अब ‘कोशी’, ८२ सांसदले गरे पक्षमा मतदान

कोशी नामको प्रस्तावमा एमालेका ४० कांग्रेसका २६ , माओवादी केन्द्रका ११ र राप्रपाका ५ जनाले मतदान गरेका हुन् ।

नेपालभ्युज

प्रदेश १ को नाम अब ‘कोशी’, ८२ सांसदले गरे पक्षमा मतदान

विराटनगर । प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’ भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकबाट कोशी नाम दुई तिहाई मतले पारित भएको हो ।

नेकपा (एमाले) ले ल्याएको कोशी प्रदेश प्रस्तावको पक्षमा ८२ मत खस्यो । विपक्षमा ४ मत खसेको छ । सभा ९३ सदस्यीय छ । कोशी नामको प्रस्तावमा एमालेका ४० कांग्रेसका २६ , माओवादी केन्द्रका ११ र राप्रपाका ५ जनाले मतदान गरेका हुन् ।

६ जना सांसद भने अनुपस्थित रहेका थिए । प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशको राजधानी यसअघि नै टुङ्गिए पनि नामाकरण हुन सकेको थिएन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved