प्रदेश १ नामाकरण : खोटाङमा विरोध प्रदर्शन, मुख्यमन्त्रीको पुत्ला जलाइयो

नेपालभ्युज

प्रदेश १ नामाकरण : खोटाङमा विरोध प्रदर्शन, मुख्यमन्त्रीको पुत्ला जलाइयो

काठमाडौं । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ नामाकरणको विरोधमा खोटाङमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले मुख्यमन्त्री हिकमत कार्की लगायतको पुत्ला जलाएका छन् ।

बुधबार साँझ प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि मुख्यमन्त्री हिकमत कार्की, कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोको पुत्ला जलाएका हुन् ।

उनिहरुले  ‘कोशी प्रदेश खारेज गर’, ‘किरात प्रदेश जिन्दावाद’ लगायतका नारा समेत लगाएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा खोटाङको अगुवाइमा सो  प्रदर्शन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved