नेप्सेमा २४ अंकको गिरावट हुँदा परिसूचक २ हजारको बिन्दुबाट झर्‍यो

नेपालभ्युज

काठमाडौं। आज सेयर बजार परिसूचक नेप्सेमा २४ अंकको गिरावट आएको छ । बुधबार अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर नेप्से १९९५ अंकमा आएर रोकिएको हो ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो महिना सेयर बजारमा हरियाली देखिए पनि त्यसपछि भने नेप्सेमा गिरावट आउँदा कारोबार रकममा पनि संकुचन भएको छ ।

आज परिसूचक दोहोरो अंकले घट्दा सबै समूहका सूचक घटेका छन् । कारोबार भएका १३ वटै सूचक घट्दा सबैभन्दा धेरै जीवन बिमा समूहको सूचकमा गिरावट आएको छ । यो समूहको सूचक १५६ अंकले र उत्पादनमूलक समूहको सूचक १११ अंकले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved