पृथ्वीबहादुर शाहले अमेरिकीलाई ठगेर करोडौँ रकम नेपाल भित्र्याएको खुलासा

सीआईबीले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिँदै

सीआईबीले गरेको अनुसन्धानका क्रममा शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगेर करोडौँ रकम नेपाल भित्राएको पाइएको अनुसन्धानबाट खुलेको छ। ठगिएका अमेरिकी नागरिकमध्ये अधिकांश वृद्ध अवस्थाका छन्।

नेपालभ्युज

पृथ्वीबहादुर शाहले अमेरिकीलाई ठगेर करोडौँ रकम नेपाल भित्र्याएको खुलासा

काठमाडौं। अमेरिकाबाट ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याउन खोजेको आरोप लागेका अछामको दर्ना– ८ का पृथ्वीबहादुर शाहमाथि अनुसन्धान गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

सीआईबीले पत्रकार सम्मेलन गरेर त्यसबारे औपचारिक जानकारी दिँदैछ।

कम्तीमा पनि आधा दर्जन कम्पनी खोलेका उनले एउटै विवरण र व्यहोरा राखेर आफ्नो कम्पनीमा अमेरिकाबाट रकम भित्र्याउने प्रयास गरेका थिए।

शाह अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ शंकास्पद रूपमा नेपाल भित्र्याएको पाइएपछि पृथ्वीबहादुर शाह पुस २२ गतेदेखि प्रहरी हिरासतमा छन्।

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने पृथ्वी शाह पक्राउ

सीआईबीले गरेको अनुसन्धानका क्रममा शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगेर करोडौँ रकम नेपाल भित्र्याएको पाइएको अनुसन्धानबाट खुलेको छ। ठगिएका अमेरिकी नागरिकमध्ये अधिकांश वृद्ध अवस्थाका छन्।

पृथ्वीबहादुर शाह र अरु केही व्यक्तिहरूले वर्ल्ड ट्राभल्स एन्ड इन्भेस्ट मेन्ट प्रा.लि., वल्र्ड फस्ट होलिडे प्रा.लि., वल्र्ड वाईड रेमिट प्रा.लि., वल्र्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रा.लि., टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. स्थापना गरी अमेरिकाका विभिन्न ठाउँबाट रकम भित्र्याएको सीआईबीको भनाइ छ।

उनले नेपाल ल्याएका पैसा राष्ट्र बैंकले रोकेको थियो। वित्तीय शुद्धीकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले लगानीको स्रोतबारे शंका गरेपछि राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो।

पृथ्वीबहादुर शाहको रकम खुलाउन सर्वोच्चले दिएन अन्तरिम आदेश

त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो।

अघिल्लो सरकारको पालामा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाब दिएको समाचार आएका थिए।

त्यसलगत्तै सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेर उनलाई निलम्बन गरेको थियो।

पृथ्वीबहादुर शाहले अमेरिकामा ठगी गरेर ६१ करोड रुपैयाँ नेपाल भित्राएको खुलासा

नक्कली कम्पनी खडा गरी लाखौँको ठगी, छ जनामाथि अनुसन्धान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved