प्रहरीको भ्यानबाटै फरार भएका बलात्कारका आरोपी ३ दिनपछि पक्राउ

प्रहरीको भ्यानबाटै फरार भएका बलात्कारका आरोपी ३ दिनपछि पक्राउ

जनकपुरधाम। धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपी तीन दिनपछि पक्राउ परेका छन् ।

गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहीदनगर नगरपालिका-३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बीचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका-१३ किरातपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलबार राति जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकनन्दनी गाउँपालिका १ इनरुवास्थित भारतीय सीमानजिक भारततर्फ जानको लागि लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

फागुन ५ गते जबरजस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रोपटक म्याद थप गरि लैजाँदै गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरूमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved