प्रदेश १ को नामबारे आज प्रदेशसभामा प्रस्ताव पेश हुँदै, ‘कोशी’ राख्ने सम्भावना

गठन भएको पाँच वर्षपछि प्रदेश १ को संसद्ले प्रदेशको नामाकरण गर्न लागेको छ। प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव प्रदेशसभा बैठकमा पेस गर्ने तयारी छ।

नेपालभ्युज

प्रदेश १ को नामबारे आज प्रदेशसभामा प्रस्ताव पेश हुँदै, ‘कोशी’ राख्ने सम्भावना

काठमाडौं। गठन भएको पाँच वर्षपछि प्रदेश १ को संसद्ले आफ्नो प्रदेशको नामाकरण गर्न लागेको छ।

प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेस गर्ने तयारी छ । प्रदेश १ को नाम यही अधिवेशनबाट टुङ्गो लाग्ने पक्कापक्की भएको बताइन्छ।

कोशी प्रदेश राख्नेमा सत्ता पक्ष र विपक्षी दलबीच सहमति भइसकेको सत्तागठबन्धनका नेताहरूको दाबी छ। अघिल्लो संसद्मा प्रदेशको नामकरणको विषयमा टुङ्गो लगाउन दलहरुबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन।

प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत चाहिन्छ । प्रदेश १ मा ९३ जना सांसद् छन् । दुई तिहाइ पुग्न ६३ जना सांसद चाहिन्छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन्।

सत्तापक्ष र विपक्षमा विभाजित हुँदा दुई तिहाइ मत नपुग्ने भएकाले सर्वसहमतिमा नामकरण गर्ने तयारी गरिएको नेताहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved