प्रचण्ड नेतृत्वको सरकारलाई कुनै खतरा छैन : विमलेन्द्र निधि

प्रचण्ड नेतृत्वको सरकारलाई कुनै खतरा छैन : विमलेन्द्र निधि

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले देशको राजनीति सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन् ।

मंगलवार जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर  परिणाम सकारात्मक आएको बताएका हुन् ।

उनले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आठ दलको स्वीकारोक्तिमा  वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको र जीत सुनिश्चित रहेको बताए। नेकपा (एमाले) र राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिए पनि सरकार समस्यामा नरहेको उनले बताए ।

निधीले प्रधानमन्त्री प्रचण्ड जुनसुकै वेला पनि आठ दलको समर्थन प्राप्त गर्न सक्ने स्थिती रहेको बताए। आम निर्वाचनमा जनताले दिएको जनादेश र चुनाव पछि सरकार बनाउन बनेको गठबन्धनमा तालमेल नमिलेकाले पनि गठबन्धन टिक्न नसकेको उनले बताए ।

जनादेश र चुनावी गठबन्धन एउटा अनि सरकार अर्को बन्दा लोकतान्त्रिक जमात नै असन्तुष्ट बनेकाले पुनः सुखद वातावरण बनेको उनको तर्क छ । निधिले पत्रकारिता क्षेत्रलाई चौथो अंग भनिए पनि राज्यबाट दर्जा नदिएको भन्दै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाजस्तै राज्यले पत्रकारलाई पनि सुविधा दिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved