यस्तो बन्यो च्यासल रंगशाला (तस्वीरहरू)

२०७२ सालमा भूकम्प गएपश्चात् दशरथ रंगशला क्षतिग्रस्त भएको थियो । यसपश्चात् च्यासल मैदानलाई रंगशालाको विकल्पको रूपमा निर्माण गर्न पहल सुरु गरिएको थियो।

नेपालभ्युज

यस्तो बन्यो च्यासल रंगशाला (तस्वीरहरू)

काठमाडौं। अन्नतः च्यासल रंगशालाको उद्घाटन भएको छ। मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहालले च्यासलको उद्घाटन गरे।

पूर्व र पश्चिमतर्फ ३ तल्ले तथा दक्षिणतर्फ २ तल्ले प्याराफिटसहित च्यासल रंगशालाको निर्माण सम्पन्न भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले २०५९ सालमा च्यासल टेक्निकल सेन्टरको रूपमा च्यासल मैदानलाई प्रयोगमा ल्याएको थियो। राष्ट्रिय खेलकुद परिषद् राखेपको बजेटमा २०७४ सालदेखि रंगशालाको स्तरोन्नतिको काम सुरु भएको थियो ।

२ वर्षमा सकिने भने पनि ५ वर्षपश्चात् रंगशालाको निर्माण कार्य सकिएको हो। मनोहरा करिडोरको मापदण्डका कारण नक्सामा पटक-पटक परिवर्तन गर्दा र वर्षेनि आउने बाढीका कारण म्याद थप्दै निर्माण कार्य ढिला भएको थियो।

एन्फाका प्रवक्ता सुरेश शाहले नेपाल भ्युजलाई च्यास रंगशालाको कुल बजेटको बारेमा जानकारी गराएका छन्। प्रवक्ता शाहले भने,‘राखेपको पहलमा बनेको यो संरचना करिब ३३ करोड ९६ लाख रुपैयाँमा तयार गरिएको छ। रंगशालाको कुल दर्शक क्षमता ६६०० रहेको छ।’

एन्फाले फिफा गोल्ड प्रोजेक्टअन्तर्गत पनि ५० हजार डलरको योगदान गरेको पनि प्रवक्ता साहले बताए। नियमित बाढीबाट रंगशाला जोगाउन पनि गृहकार्य भइरहेको प्रवक्ता शाहले जानकारी गराए।

२०७२ सालमा भूकम्प गएपश्चात् दशरथ रंगशला क्षतिग्रस्त भएको थियो । यसपश्चात् च्यासल मैदानलाई रंगशालाको विकल्पको रूपमा निर्माण गर्न पहल सुरु गरिएको थियो।

(तस्वीरः सुनिल महर्जन)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved