नेप्सेमा ३.८१ अंकको सामान्य  गिरावट

नेपालभ्युज

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव भएको नेप्से ३. ८१ अंकले घटेर बजार २०१९. ७३ बिन्दुमा आएर रोकिएको हो।

मंगलबार २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन जलविद्युत्, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आएकोमा सबैभन्दा धेरै लघुवित्तमा गिरावट आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved