१४ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

नेपालभ्युज

१४ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं। निर्माण तथा आपूर्तिकर्ता १४ वटा कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई लिखित स्पष्टीकरण नआएपछि कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुन: सूचना जारी गरेको छ।

सूचनामा सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved