नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ लाई भारतमा अवार्ड

नेपालभ्युज

नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ लाई भारतमा अवार्ड

काठमाडौं। नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’  भारतको प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक ‘बाबासाहेब डा. बी.आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तेस्रो संस्करणमा  उत्कृष्ट भएको छ । यसले उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट शब्द रचना, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जितेको छ ।

लक्ष्मण सुनार निर्देशित तथा चिरञ्जीवि सापकोटा अभिनित भिडियो ‘रेलको बाटो’ महोत्सवको प्रेरक म्युजिक भिडियो श्रेणी अन्तर्गत विजेता बनेको हो । २१ मार्च २०२१ मा युट्युबमार्फत रिलिज भएको यो भिडियोमा यसमा लेखराज गिरीको शब्द एवं सुरज पण्डितको स्वर तथा संगीत रहेको छ भने भिडियोमा चिरिञ्जीविसँगै सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ ।

गीतको अडियो तथा भिडियोमा नेपालको विकट स्थानहरूको सडकहरूको दयनीय अवस्था र राज्यले बाँडिरहेको रेलको सपनाबारे उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय रूपमा अवार्ड पाएपछि यस भिडियोका कलाकार चिरञ्जीवि सापकोटाले फेसबुकमा लेखेका छन् :-

नेपाली अवार्डले नाचिनेको मेहनत, अन्तरास्ट्रले चिन्यो ५ वटा विधामा अवार्ड जितेको खुशी सबैलाई समर्पित-
भारतको चिर- परिचीत ‘बाबासाहेब डा. बी.आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा म्युजिक भिडियो बिधा अन्तर्गत ” रेलको बाटो गितले उत्कृष्ट म्युजिक भिडियो/ उत्कृष्ट भिडियो निर्देशक / उत्कृष्ट शब्द / उत्कृष्ट अभिनेता तथा उत्कृष्ट अभिनेत्रीमा अवार्ड जित्न सफल भएको कुरा तपाईंहरू माझ भन्न पाउँदा निकै खुसी महशुस गरेको छु । हामीले गरेको कामको उत्कृष्ट मूल्यांकन गरिदिनु हुने जज तथा आयोजक टिमप्रति विशेष विशेष धन्यवाद।

कुनै पनि देशका कुनै पनि भाषामा बनेका फिचर चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा प्रेरक म्युजिक भिडियोले उक्त महोत्सवमा भाग लिन पाउँछन् । यो महोत्सव फेब्रुअरी २१ देखि २३ सम्म भारतको महाराष्ट्रमा आयोजना भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved