सुर्खेत पुगेर माधव नेपालले भने, ‘सरकारमा आलोपालोको कुरा त आउन दिनुस्’

सुर्खेत पुगेर माधव नेपालले भने, ‘सरकारमा आलोपालोको कुरा त आउन दिनुस्’

सुर्खेत। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सरकारमा आलोपालोको कुरा आउन दिनुस् भन्दै धैर्य गर्न आग्रह गरेका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सुर्खेत पुगेका अध्यक्ष नेपालले आलोपालो सरकार चलाउने विषयमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका  हुन् ।

अध्यक्षले नेपालले भने, ‘आलोपालोको कुरा बाहिर आउन दिनुस् न, अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ ।’

कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराख्ने बताउँदै अध्यक्ष नेपालले भने, ‘विचार मिल्नेसँग एकता हुन्छ । कार्यशैली, विचार, सिद्धान्त, मन पनि मिल्छ पार्टी एकता हुन्छ । हाम्रो पार्टी कुनै हालतमा पनि विलय हुँदैन ।’

राष्ट्रपति निर्वाचन कुनै सत्ता लछाचुँडी नभएको र यो प्रतिस्पर्धा भएको अध्यक्ष नेपालले बताए । ‘राष्ट्रपतिको निर्वाचन भनेको प्रतिस्पर्धा हो ।’ उनले भने, ‘यो कुनै सत्ताको लुछाँचुडी हैन ।’

निर्वाचनमा आफूहरूले जति आश गरेको थियो त्यो परिमाण आउन नसकेको अध्यक्ष नेपालको भनाइ छ । ‘हामीले जति सिटको आशा गरेका थियौं । त्यो आउन सकेन । प्रदेशसभामा आएको सिट चित्त बुझ्दो भएन’ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved