पल शाह रिहा, आजै काठमाडौं आउँदै

नेपालभ्युज

पल शाह रिहा, आजै काठमाडौं आउँदै

काठमाडौं। एक वर्षदेखि तनहुँ कारागारमा रहेका अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराले हिजो उनको पक्षमा फैसला गरेको थियो ।

२०७८ फागुन ११ गते तनहुँ प्रहरीमा पलविरुद्ध नाबालिका बलात्कार मुद्दा दर्ता भएपछि उनले चार दिनपछि फागुन १५ मा आत्मसमर्पण गरेका थिए । तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर पल आज छुटेका हुन् ।

उच्च अदालत पोखराबाट सफाइ पाए पनि कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएपछि आइतबार पल छुट्न सकेका थिएनन्। बाँकी प्रक्रिया पूरा गरेर आज कार्यालय खुलेसँगै उनी छुटेका हुन्।

रिहा भएपछि समर्थकको भिडमा उनलाई फूलमालाले स्वागत गरेका थिए । आजै उनी काठमाडौं आउँदै छन्। एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved