काठमाडौंमा दिउँसै रात ! लामो समयपछि वर्षा (फोटोहरू)

बादल र तुँवालाेले दिउँसै अन्धकार बनाउँदै लामो समयपछि काठमाडौंमा वर्षा भएको छ। वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाकेर रात परेजस्तो भएको मौसमविद्ले बताए।

नेपालभ्युज

काठमाडौंमा दिउँसै रात ! लामो समयपछि वर्षा (फोटोहरू)

काठमाडौं। बादलले दिउँसै अन्धकार बनाउँदै लामो समयपछि काठमाडौंमा वर्षा भएको छ। आइतबार दिउँसो साढे तीन बजेपछि वर्षा भएको हो। केही ठाउँमा ठूलै वर्षा भए पनि केही ठाउँमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो वर्ष हिउँदे वर्षा नभई हिउँद करिब सकिन लाग्दा पानी परे पनि स्थानीय खुसी भएका छन्। वनजंगलमा डढेलो लाग्न थालेसँगै देशभर प्रदूषण बढेको थियो।

वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाकेर आइतबार दिउँसो तीन बजेपछि दिउँसै रात परेजस्तै भएको छ।

वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाकेर रात परेजस्तो भएको मौसमविद्ले बताए। पानी परेमा तुवाँलो हटेर मौसम सफा हुने अनुमान गरिएको मौसमविद् बिनु महतले बताइन्।

केही घन्टामा मौसम् सफा हुने मौसमविद् महतले बताइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved