आज नेप्सेमा सामान्य सुधार, २ अर्ब ५२ करोडको कारोबार

नेपालभ्युज

आज नेप्सेमा सामान्य सुधार, २ अर्ब ५२ करोडको कारोबार

काठमाडौं। आइतबार नेप्सेमा सामान्य सुधार भएको छ । यस दिन नेप्से सूचक ४.५५ अंकले बढ्दै २ हजार २७.१९ अंकमा उक्लिएको हो । तर यता सेन्सेटिभ इन्डेक्स भने आज पनि ०.२८ अंकले ऋणात्मक हुँदै ३८४.०८ अंकमा झर्न पुगेको छ ।

आज बैंकिङ, लाइफ इन्स्योरेन्स, म्यानु एन्ड प्रो र ट्रेडिङ समूहको उपसूचक घटेका छन् भने डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, माइक्रोफाइनान्स, ननलाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक बढेका छन् ।

यद्यपि, अघिल्लो हप्ता राष्ट्र बैंकको नीतिका कारण तीव्र गिरावटमा रहेको माइक्रोफाइनान्स समूहको उपसूचकसमेत यस साताको पहिलो दिन नै २.७८ प्रतिशतले वृद्धि हुन पुगेको छ ।

४.५५ अंकले नेप्से बढेको यसदिन २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ माथिको ६५ लाख १५ ८५२ कित्ता सेयर किनबेच भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved