प्रगति राईको ‘थाङ्ग्रा’ सार्वजनिक

नेपालभ्युज

प्रगति राईको ‘थाङ्ग्रा’ सार्वजनिक

काठमाडौं । साहित्यकार प्रगति राईद्धारा लिखित उपन्यास सङ्ग्रह ‘थाङ्ग्रा’ सार्वजनिक भएको छ ।

थाङ्ग्रा शनिवार नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला नाटकघरमा सार्वजनिक भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ मुनाराज शेर्मा, कवि दीपा राई पुन, लेखक जेवी विश्वकर्मा, कवि कैलाश राई र लेखक स्वयम्‌द्वारा लोकार्पित थाङ्ग्राबारे विमर्श कार्यक्रमसमेत भएको थियो ।

कार्यक्रमका वक्ताहरूले ‘थाङ्ग्रा’ उत्पीडित वर्ग, वंश अधिकार, अनमेल विवाह, युवा, महिला, प्रेम र कलाको सङ्गम भएको बताएका थिए ।

भोजपुरकी प्रगतिका बादी विज्ञप्ति कविता संग्रह (२०६२), लेखककी स्वास्नी उपन्यास सङ्ग्र (२०६९) र बिर्सिएको मृत्यु (२०७४) प्रकाशित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved