पाककलामा आधारित नयाँ टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ आउँदै

नेपालभ्युज

पाककलामा आधारित नयाँ टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ आउँदै

काठमाडौं। हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको पाककलामा आधारित नयाँ टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन सुरु भएको छ । रियालिटी शोका निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजाआजा गर्दै छायांकन सुरु गरेका हुन् ।

सेफ सन्तोष शाह तथा अन्य सेफको परिचय भिडियो छायांकन सुरु भएको जानकारी निर्माता पाण्डेले दिए । प्रि-अडिसनबाट छनोट भएका प्रतियोगीको अभिमुखीकरण र भिडियो कभरेज पनि थालिएको छ । ओरिएन्टेसनसँगै लाइभ अडिसनको सुटिङ सुरु भएको शो चैत महिनादेखि प्रसारण हुने भएको हो ।

शोमा १८ एपिसोड हुनेछ । एक सय प्रतियोगीले शोमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने १० लाखभन्दा बढीको उपहार दर्शकले क्विज सेग्मेन्टमार्फत प्राप्त गर्नेछन् ।

शोले मनोरञ्जन, नेपाली खानाको ज्ञान, खाना पस्कने कला लगायतका विषयलाई समेट्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved