एमालेले तत्काल सरकार नछाड्ने, नेम्वाङ राष्ट्रपतिका उम्मेदवार

बैठकले राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपालभ्युज

एमालेले तत्काल सरकार नछाड्ने, नेम्वाङ राष्ट्रपतिका उम्मेदवार

काठमाडौं। नेकपा एमालेले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । उक्त पार्टीको सचिवालय बैठकले कम्तिमा राष्ट्रपति चुनावसम्म सरकारमै बस्ने निर्णय गरेको हो ।

यही फागुन २५ गते राष्ट्रपति चयनको चुनाव भएकाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडी बढ्ने एमालेले जनाएको छ ।

बैठकले राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उसले नेम्वाङलाई सहयोग गर्न कांग्रेसबाहेकका दलसँग सहयोगसमेत मागेको छ ।

उपाध्यक्ष नेम्वाङ संविधानसभाका अध्यक्ष र सभामुख रहिसकेका छन् ।

पुस १० गतेको सहमतिबाट माओवादी केन्द्र पछि हटिसकेको छ । तर एमालेले भने एकतर्फी रुपमा पालना गर्ने बताएको हो ।

कांग्रेस नेतृत्वको नयाँ गठबन्धनबाट रामचन्द्र पाौडेल राष्ट्रपतिका उम्मेदवार बन्ने तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved