लघुवित्त कम्पनीहरू प्रभावित हुँदा नेप्सेमा ५७ अंकको गिरावट  

नेपालभ्युज

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंकको उच्च गिरावट भएको छ । यस दिन नेप्से सूचक ५७.७४ अंकले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो ।

बुधबार मात्र केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुको नाफामा संकुचन ल्याउने गरी ब्याजदर र लाभांश वितरणमा अंकुश लगाउँदै निर्देशनमा संशोधन गरेपछि आज लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएका कारण समग्र सूचकमा नै प्रभाव पर्न गएको हो ।

आज कुल २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज अनुसार आज गुमाउनेमा अधिकांश लघुवित्त कम्पनीहरू रहेका छन् । चार दर्जन हारहारीका लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

माइक्रोफाइनान्स समूहको उपसूचक ९.५४ प्रतिशतले घट्दैगर्दा अन्य १२ वटा उपसूचक समेत ऋणात्मक हुँदै आज सेयर बजार नै राताम्मे हुन पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved