सिराहामा ९ लाख रुपैयाँ लुटियो

नेपालभ्युज

सिराहामा ९ लाख रुपैयाँ लुटियो

काठमाडौं। सिरहामा बुधबार दिउसो लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका छन् । मिर्चैया–कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट रकम लुटिएको हो ।

प्रहरीको सुरक्षाबीच बाटै मनि ट्रान्सफरका लागि लगिँदै गरेको रकम लुटिएपछि लुटेरा खोज्न प्रहरी परिचालन गरिएको छ । ज. ६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सब मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाइ छ ।

मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको भनिएको छ । तर, प्रहरीको हतियार लुटिएको पुष्टि भएको छैन । इलाका प्रहरी कार्यालय मिर्चैयाले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिँदै गरेको ९ लाख रुपैयाँ लुटिएको बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved