श्रीमतीको हत्या आरोपमा श्रीमानसहित तीन पक्राउ

नेपालभ्युज

श्रीमतीको हत्या आरोपमा श्रीमानसहित तीन पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। श्रीमती हत्या आरोपमा श्रीमानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले प्रियंकाका श्रीमान् रमेश साह, कटहरी गाउँपालिका–५ का रमानन्द राम र कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पक्राउ गरेको जनाएको छ । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै प्रहरीले वास्तविकता पत्ता लाग्न समय लाग्न सक्ने भनेको छ ।

प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो । शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । शव व्यवस्थापनका लागि उपयुक्त स्थलको खोजी गर्दै नरसिंहको घरसम्म प्रियंकाको शव लगेको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा पठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved