नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार : प्रदेश प्रमुख मिश्र

नेपालभ्युज

नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार : प्रदेश प्रमुख मिश्र

काठमाडौं ।  मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको चिनारीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास महत्वपूर्ण रहेको बताएका  छन् ।

महाशिवरात्री तथा नेपाली सेनाको २६० औँ स्थापना दिवसका अवसरमा आज मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासमा आयोजित समारोहलाई सम्बोधन गर्दै मिश्रले संसारभरि नै नेपाली सेनाको बहादुरी, निष्ठा र कर्तव्यपरायणता प्रसिद्ध रहेको उल्लेख गरे ।

‘नेपाल भनेपछि वीर गोर्खाको देश भन्ने परिचय विश्वमाझ बनेको छ’, प्रदेश प्रमुख मिश्रले भने, ‘यो युद्ध कौशल र बहादुरीले मात्र नभई समर्पण र इमानले बनेको परिचय हो ।’ नेपाली सेनाले कमाएको यो इज्जत र शानले विश्वको कुनै कुनामा हुँदा रहँदा पनि नेपाली हुनुको गौरबवोध हुने मिश्रको भनाइ छ ।

संसारका विभिन्न देशको सैन्य सेवामा समर्पण, इमान र बहादुरीको परिचयले नेपालीले प्रवेश पाउने गरेका मिश्रले बताए । युद्धमा मात्र नभएर संसारका विभिन्न युद्धरत पक्षबीच शान्तिका लागि पनि नेपाली सेनाले अझैसम्म महत्वपूर्ण योगदान दिइरहेका उनले उल्लेख गरे । नेपाली सेनालाई वर्तमान समय सन्दर्भमा अझ व्यावसायिक र साधन सम्पन्न बन्न आवश्यक रहेको मिश्रको थप भनाइ छ ।

समारोहमा मध्यपूर्वी प्रितनापति नेपाली सेनाका उपरथि प्रेमध्वज अधिकारीले जिम्मेवारीका विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका सैन्य अधिकारीलाई प्रधान सेनापतिका तर्फबाट सैन्य विभूषण प्रदान गरे । समारोहमा सेनाका कलाकारले विभिन्न भाषा, संस्कृतिका मनोरञ्जनात्मक साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved