जुम्लामा ग्यास लिक भएर आगलागी, ४ वटा कोठामा क्षति

जुम्लाको चन्दननाथ नगरपालिका –६ मा ग्यास लिक भएर आगलागी भएको छ ।  बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो।

नेपालभ्युज

जुम्लामा ग्यास लिक भएर आगलागी, ४ वटा कोठामा क्षति
प्रतीकात्मक तस्वीर ।

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका –६ मा ग्यास लिक भएर आगलागी भएको छ ।  बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको घरको तीन तले  घरको ग्राउन्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथि तला जाने भर्‍याङमा क्षति भएको छ।

प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा एक्कासि रेगुलेटरमा आगो निस्केर आगजनी भएको थियो।

आगो निभाउन खोज्दा ग्यास सिलिन्डर ढलेको र अन्य ठाउँमा आगो फैलिएको थियो। आगो भने नियन्त्रणमा आइसकेको छ।

आगलागी भइरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका सरस्वती बुढाथापा, प्रमिला बुढा, कर्मकन्या हमाल, पुजा बुढा र माया लक्ष्मी बुढालाई उद्धार गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved