पृथ्वीजयन्ती र जनयुद्ध दिवसको बिदालाई क्यालेन्डरमै समावेश गर्ने सरकारको निर्णय

नेपालभ्युज

523088263228319

काठमाडौं । सरकारले पृथ्वीजयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेन्डरमा नै समावेश गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यसबारे जानकारी दिएकी हुन् । २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

उनले भनिन्, ‘बिदाका विषयमा के गर्ने भन्ने पहिले मन्त्रिपरिषद्‌मा छलफल भएको थियो, त्यसलाई पुनरालोकन गर्नुपर्छ भन्ने पनि छ । अहिले पात्रो छापिसकेको अवस्थामा भदौसम्ममा पुनरावलोकन गर्ने र आगामी सालका निम्ति व्यवस्थित गरेर लैजाने निर्णय भएको छ ।’

क्यालेन्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved