तीन दिनदेखिको आगलागी अझै नियन्त्रणमा आउन सकेन

नेपालभ्युज

तीन दिनदेखिको आगलागी अझै नियन्त्रणमा आउन सकेन

रामेछाप ।  रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

तीन दिनअघि देखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् ।

डढेलो लागेको उक्त समुदायिक वनमा अधिकांश सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ ।

डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि हालसम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका–८ का वडाअध्यक्ष सन्तोष तामाङले बताए ।

यसैबीच रामेछाप–८ मा आज एक घर जलेर नष्ट भएको छ । आज दिउँसो वादी छापडाँडाका जितबहादुर हायुको घर र गोठमा आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछापले जनाएको छ । प्रहरी चौकी रामेछाप प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद चौलागाईंका अनुसार बालबालिकाले आगो खेलाउने क्रममा उक्त घटना भएको आशङ्का गरिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved