चीनकाे जियाङ्सु प्रान्तको एक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु

नेपालभ्युज

चीनकाे जियाङ्सु प्रान्तको एक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु
सांकेतिक तस्वीर

बेइजिङ। पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार एक भवनमा आगलागी हुँदा त्यहाँ रहेका ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved