सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट

नेपालभ्युज

काठमाडौं।  बिहीबार सेयर बजारमा २१.१५ अंकले गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन आज १.०१ प्रतिशत घट्दा २०७०.४१ अंकमा आएर बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता चार दिन कारोबार भएकोमा चारै दिन नेप्सेमा गिरावट आएको हो ।  यी ४ दिनमा नेप्सेमा ११२ अंकको गिरावट भइसकेको छ ।

बिहीबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । बिहीबार उत्पादनमूलक उपसूचक सर्वाधिक १.९३ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लघुवित्त र बीमा उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

बिहीबार नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारको कारोबार भएको छ । बिहीबार बजारमा नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

यस्तै, १५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved