मोडल सोफी धरेल अभिनीत ‘बाँचिएला’को म्युजिक भिडिओ सार्वजनिक

‘भ्यालेनटाइन्स् डे’ को अवसरमा मोडल सोफी धरेल अभिनीत गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भएलगतै भिडिओलाई स्रोता, दर्शकले मन पराएको प्रतिक्रिया दिएका छन्।

नेपालभ्युज

मोडल सोफी धरेल अभिनीत ‘बाँचिएला’को म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं। ‘भ्यालेनटाइन्स् डे’ को अवसरमा मोडल सोफी धरेल अभिनीत गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सोमबार विशाल थापा युट्युब च्यानलमार्फत ‘बाँचिएला’को भिडिओ सार्वजनिक गरिएको हो।

लेखु सहयात्रीको शब्द रहेको गीतमा विशाल थापा र प्रविशा अधिकारीको स्वर छ। गीतमा कमल रसाइलीले सङ्गीत संयोजन गरेका छन्। म्युजिक भिडिओमा अभिनीत सोफी धरेलले दर्जनौँ म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन्।

भिडिओमा सोफीसँगै राजु ग्याबकलाई देख्न सकिन्छ। सार्वजनिक भएलगतै भिडिओलाई स्रोता, दर्शकले मन पराएको प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय चर्चामा रहेकी माेडल सोफी धरेलले कमल खत्रीको ‘मेरो जीवन साथी तिमी’, सीडी विजय अधिकारीको ‘नलाम्की भन्थे ज्यान जाने माया’, ‘सररर हावा चल्यो’, ‘ए सुनन भनन, ध्रुब बिस्कोको ‘तिमी र म’, प्रमीला गुरुङको ‘ए झरी, झरी’ सन्तोष बस्यालको ‘बस है प्यारी’लगायत दर्जनौँ भिडिओमा अभिनय गरिसकेकी छिन्।

हेर्नुहोस् गीतः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved