डेढ वर्षपछि एलिनाको ‘धोकेबाज’ हिट, रविका समर्थकको आक्रमण

अहिले गाउँ शहरका मेला महोत्सव, रेडियो टेलिभिजन, टिकटक फेसबुक, रेस्टुरेन्ट, लामो दूरीका यातायातका साधनदेखि गाउँघरमा यो गीत उत्तिकै घन्किने गरेको छ टिकटकमा त यो गीत निकै हिट छ। डेढ वर्षअघि गीत सार्वजनिक हुँदा खासै नचलेको यो गीत यही टिकटक र फेसबुकमा बढी भाइरल छ।

नेपालभ्युज

डेढ वर्षपछि एलिनाको ‘धोकेबाज’ हिट, रविका समर्थकको आक्रमण

‘‘ जुनीभरिलाई रुवाई गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी।’’

गायिका एलिना चौहानकाे गीतको पहिलो स्थायी अन्तरा हो यो। यो गीत भर्खरै बजारमा आएको होइन। तर, पनि गीत अहिले चर्चामा छ। पछिल्लो समय केही सीमित गीतहरू मात्र चर्चामा आउँछन्। र, गीतको आयु पनि निकै छोटो हुने गरेको छ। राम्रा भनिएका गीतको पनि सुरुआती दिनमा चर्चा हुन्छ। केही सातामै विस्तारै सेलाउँदै जान्छ।

अहिले पनि केही महिनाअघि चर्चामा रहेका अधिकांश गीत सुन्नै छाडिएको छ। तर, ‘धोकेबाज हौ तिमी’ले त्यसविपरीत थप लोकप्रियता कमाइरहेको छ।

अहिले गाउँ शहरका मेला महोत्सव, रेडियो टेलिभिजन, टिकटक फेसबुक, रेस्टुरेन्ट, लामो दूरीका यातायातका साधनदेखि गाउँघरमा यो गीत उत्तिकै घन्किने गरेको छ टिकटकमा त यो गीत निकै हिट छ। डेढ वर्षअघि गीत सार्वजनिक हुँदा खासै नचलेको यो गीत यही टिकटक र फेसबुकमा बढी भाइरल छ।

किशोरदेखि युवासम्मले रुँदै यो गीतमा भिडिओ टिकटकलगायत पोस्ट गरेको छ्यापछ्याप्ती देख्न सकिन्छ। यो गीतमा रुँदै, चिच्याउँदै अभिनय गरेर भिडिओ पोस्ट गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। किशोरदेखि युवासम्मको अहिले रोजाइको गीत बन्न सफल यो गीतमा प्रेम पीडा झल्किएको होला धेरैले रुचाएका देखिन्छन्।

सुवास कार्की ‘कार्की जी’ को शब्द तथा सङ्गीतमा तयार गीतका एरेन्जर विशाल निरौला हुन्। गीतको भिडिओमा भने गायिका एलिनाले बादल सिंह ठकुरीसँग अभिनय गरेकी छन्। युट्युबमा २१ मिलियनभन्दा बढी पटक हेरिएको छ। टिकटक हेर्ने हो भने यो गीतमा भिडिओ लाखौँले बनाएका छन्।

धनगढी महोत्सवबाट हिट

डेढ वर्ष अगाडि युट्युबबाट गीत सार्वजनिक ठीकै चल्यो। युट्युबको ट्रेन्डिङको शीर्ष स्थानसमेत कब्जा गरे पनि कतिपयलाई यो गीतबारे थाहा थिएन्। तर, अहिले गीत सार्वजनिक हुँदाताका भन्दा हीट भएको छ। अहिले गीतको चर्चा सामाजिक सञ्जाल, मेला महोत्सव देश विदेश सबैतिर छ।

एलिना महोत्सवमा स्टेज चढेपछि उनले गीत गाउँदै पर्दैन। दर्शकहरूले नै गाइदिन्छन्। पछिल्लो समय यो गीत धनगढीको एक बालिकाको कारण चर्चामा आएको हो। उनी धनगढी महोत्सवमा गीत गाउन पुगेकी थिइन्। गीत गाउँदा दर्शकहरुलेसँगै गाइरहेका थिए।

एक जना बालिकाले पनि त्यही बेलामा गाएको भिडिओ पोस्ट गरेकी थिइन्। त्यो भाइरल भयो। त्यसपछि यो गीतमा भिडिओ बनाउनेहरू बढ्दै गयो। अन्नत अहिले टिकटक ‘धोकेबाज हौ तिमीले’ कब्जा गरेको छ। सो टिकटकमा गायिका एलिनाले डोयट गरिन्। जुन भिडिओका कारण उनको टिकटकमा दैनिक १५ हजार फलोअर्स बढ्न थाल्यो।

रविका विषयमा धेरै थाहा छैन भनेपछि…

एलिनाको यही गीत पुन चर्चामा आएपछि मिडियाकर्मीको खोजीमा परिन्। कार्यक्रम रजतपटमा प्रकाश सुवेदीले अन्तरवार्तामा बोलाए।

कार्यक्रम प्रस्तोताले रविको फोटो देखाएर ‘उहाँलाई कुन रूपमा चिन्नुहुन्छ ?’ भनेर गरेको प्रश्नमा एलिनाले भनेकी छन्, ‘रवि लामिछाने भनेर चिन्छु। त्यसबाहेक व्यक्तिगत रूपमा चिन्दिनँ उहाँसँग मेरो भेट भएको छैन।’

एलिनाले बोलेको यही संवाद काटेर उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गाली गरिरहेका छन्। कतिपयले उनको फोटोमा श्रद्धाञ्जली समेत लेखेका छन्। रविलाई नचिनेको भन्दै गाली खाइरहेकी चौहानले फेसबुकमा लामो स्ट्याटस लेख्दै स्पष्टीकरण दिएकी छन्।

‘कुन रूपमा चिन्नुहुन्छ’ भन्ने सेगमेन्टमा रवि दाइको फोटो देखाएर कार्यक्रम सञ्चालकले उहाँलाई कुन रूपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहाँलाई व्यक्तिगत रूपमा चाहिँ चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देख भेट नभएको हुनाले व्यक्तिगत रूपमा चिन्दिनँ भनेकी थिएँ।’– उनले लेखेकी छिन्। अहिले उनी यही कारण आफू हिंसामा परेको बताउँदै आएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved