संसद्‌मा सुमनाको प्रश्न- बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो ?

नेपालभ्युज

संसद्‌मा सुमनाको प्रश्न- बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो ?

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टूमा खेलाइएकोबारे संसद्‌मा प्रश्न उठेको छ । यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी हुन् ।

‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?,’ बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सोधिन्, ‘आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’

उनले यो घटनाको कारण पीडितलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको बताइन् ।

उनले न्यायापालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजित बन्दै गएको दृष्टान्त सुनाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved