‘भ्यालेन्टाइन’को अवसरमा रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’ सार्वजनिक

गायक रामकृष्ण ढकालले आफ्नो स्वरमा रहेको नयाँ गीत जिम्बु झानेर‘को भिडिओ सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन्।

नेपालभ्युज

  ‘भ्यालेन्टाइन’को अवसरमा रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’ सार्वजनिक

काठमाडौं। गायक रामकृष्ण ढकालले आफ्नो स्वरमा रहेको नयाँ गीत जिम्बु झानेर‘को भिडिओ सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन्।

अग्रज संगीतकार शम्भुजीत बासकोटाले ल्यापटपबाट भिडियोलाई अन गरेर सो भिडिओको प्रिमियर गरेका थिए। १२ वर्षको उमेरदेखि गायनमा उत्रिएका ढकालले अहिलेसम्म पनि आफुलाई गायनमा स्थापित गर्न सकेको संगीतकार बासकोटाले कार्यक्रममा बताए।

गीतमा ढकालसहित गायिका अन्जु पन्तको स्वर रहेको छ। प्रणय दिवसको अबसर पारेर यो प्रेमिल गीत आफुले ल्याएको कार्यक्रममा ढकालले बताए। भिडिओ गायक ढकालको अफिसियल यूट्युब च्यानलमार्फत प्रिमियर भएको हो। यो गीतमा निरज सिग्देलको शब्द रचना, शिखर सन्तोषको संगीत छ।

यो गीतको भिडिओमा अभिनेता आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामाङको अभिनय छ । यो भिडियोलाई दीपा शाक्यले निर्देशन गरेकी हुन्। जसमा उत्तम हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved