र्‍यापर एमसी स्टानलाई ‘बिग बोस १६’ को उपाधि

नेपालभ्युज

र्‍यापर एमसी स्टानलाई ‘बिग बोस १६’ को उपाधि

काठमाडौं। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १६’को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन् । शिव ठाकरे उपविजेता भए । यो सिजन चार महिनासम्म चलेको थियो । पुरस्कारस्वरूप स्टेनले ३१ लाख भारु र एउटा लक्जरी कार पाए । यसअघि, स्टेन एमटिभीका विजेता भइसकेका छन् ।

प्रियंका चाहर चौधरी, ठाकरे र स्टान शीर्ष ३ फाइनलमा पुगेका थिए । प्रियंका अन्तिममा बाहिरिइन् । स्टानले सबैभन्दा बढी मत पाएका छन् । कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो ।

शोको फाइनलमा सलमानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसीकी जान’ को गीत ‘नैयो लग्दा’ सार्वजनिक गरेका थिए । यस गीतमा सलमान अभिनेत्री पूजासँग स्क्रिनमा रोमान्स गर्दै देखिएका छन् । उनले यो गीत भ्यालेन्टाइन डेको अवसरमा विशेष रुपमा सार्वजनिक गरेका हुन् ।

धेरै टिभी र बलिउड स्टार कास्ट पनि शोको फाइनलमा पुगेका थिए । यसै क्रममा अभिनेता सनी देओल र अमिषा पटेल आफ्नो आगामी फिल्म ‘गदर २’ को प्रमोसन गर्न पुगेका थिए । ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved