कर्मचारीको सङ्ख्यामा भारी कटौती गर्दै याहू

नेपालभ्युज

कर्मचारीको सङ्ख्यामा भारी कटौती गर्दै याहू

न्युयोर्क। प्राविधिक कम्पनी याहूले आमूल परिवर्तन योजनाअन्तर्गत आफ्नो कुल कर्मचारीको २० प्रतिशतभन्दा बढी कटौती गर्ने भएको छ । कम्पनीमा ८ हजार ६ सय जनाले काम गर्छन्।

याहूले आफ्नो विज्ञापन इकाईलाई पुनर्गठन गर्न लागेका कारण यस विभागका आधाभन्दा बढी मानिसहरूले यो महिना भित्र जागिर गुमाउनुपर्ने बताएको छ ।

बीबीसीका अनुसार कम्पनीको पुनर्संरचनाको काम सुरु भइसकेको र यो साताको अन्त्यसम्ममा करिब एक हजार कर्मचारी जागिर कटौतीबाट प्रभावित भएका छन् ।

कम माग, उच्च मुद्रास्फीति र बढ्दो ब्याजदरसँग संघर्ष गरिरहेका कम्पनीहरूबीच यस सम्बन्धमा याहूको घोषणा पछिल्लो हो। क

म्पनीका एक प्रवक्ताले बीबीसीलाई भने, ‘यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन्, तर हामी विश्वास गर्छौं कि दीर्घकालीन रूपमा यी परिवर्तनहरूले हाम्रो विज्ञापन व्यवसायलाई बलियो बनाउनेछ र याहूलाई आफ्ना ग्राहक र साझेदारहरूलाई अझ राम्रो मूल्य प्रदान गर्न सक्षम बनाउनेछ।’

निजी इक्विटी फर्म अपोलो ग्लोबल म्यानेजमेन्टले सन् २०२१ मा याहूलाई पाँच अर्ब डलरमा किनेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved